१५ असार २०७९, बुधबार

नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आफ्नै पार्टी नेतृत्वको सरकारविरुद्ध आन्दोलन चर्काउने

२०७४,पुष,२४,सोमवार ०९:०४

0
Shares

काठमाडौँ, २४ पुस- नेविसंघले विद्यार्थीहरुको पक्षमा विगतमा उठाइएका विभिन्न माग ७२ घण्टा भित्र सम्बोधन नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनीसहितको ज्ञापन पत्र प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको हो सोमबार विहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका उनीहरुले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका क्रममा बम विष्फोटमा परी घाइते नेविसंघकी केन्द्रिय सदस्य मिरा कटुवालको उपचार खर्च समेत सरकारले उपलब्ध नगराएकोमा आक्रोश समेत व्यक्त गरेका थिए । नेविसंघले उच्च शिक्षामा सबैको पहुँच पु¥याउन सर्टिफिकेट धितो राखेर सहुलियत ऋणको व्यवस्था गर्न, सबै स्थानीय तहमा प्राविधिक शिक्षाको व्यवस्था गर्न, देशभरका सबै शैक्षिक संस्थाहरुमा इलाईब्रेरीको व्यवस्था गर्न, विद्यार्थीहरुलाई निशुल्क स्वास्थ्य विमाको व्यवस्था गर्न सरकारसँग माग गर्दै आएको थियो यीनै मागहरु अवको ७२ घण्टा भित्र पनि पूरा नभए सरकारविरुद्ध कडा संघर्षमा जान बाध्य हुने जानकारी प्रधानमन्त्री देउवालाई गराइएको नेविसंघका अध्यक्ष नैनसिंह महरले जानकारी दिए । नेविसंघले जाडोका कारण देशका विभिन्न जिल्लामा हुन सक्ने महामारीलाई समयमै रोकथाम गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएको छ नेविसंघले आफ्ना मागहरु पूरा गराउन सोमबारबाटै दवाव स्वरुप हस्ताक्षर अभियान पनि सुरु गरेको छ । उनीहरुले माग सम्बोधन नगरे सरकारविरुद्ध आमरण अनसन समेत बस्न बाध्य हुने चेतावनी समेत दिएका छन ।

प्रकाशित मिति: २०७४,पुष,२४,सोमवार ०९:०४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले नेपालमा कम्युनिष्ट एकता आवश्यक रहेको बताएका छन् । आज काठमाडौंमा आयोजित कम्युनिष्ट नेता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई समाजवादतिर लैजान सबै माओवादी धाराहरूबीचको एकता आवश्यक रहेको बताएका छन्

काठमाडौं । लुम्बिनी प्रदेशकी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री विमला वलीले राजीनामा दिएकी छिन् । स्वास्थ्य राज्यमन्त्री वलीले बुधबार पदबाट राजीनामा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेमा माओवादीको बीउ रोपेर आएको

ताजा समाचार

बालुवाटारमा आगलागी (तस्बिरसहित)
 २०७९,असार,१५,बुधबार १३:२१