राजेशले करिश्मालाई एकान्तमा लगेर ‘आई लभ यू’ भनेपछि… (भिडियो सहित)

काठमाण्डौं । महानायक राजेश हमाल र नायिका करिश्मा मानन्धर अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गायिका मेलिना राई र गायक भिम चापागाँईले गाउनुभएको छ । दीपक शर्माको शब्द तथा संगीतमा तयार भएको ‘चट्ट बसम देउरालीमा’ बोलको गीतमा नरेन्द्र वियोगीको संगीत संयोजन रहेको छ ।

देवेन्द्र पाण्डेको निर्देशनमा तयार भएको भिडियोलाई अचुत बजगाँईले सम्पादन गर्नुभएको हो । गीतको म्युजिक भिडियोको सुरुवातमा महानायक हमाल र नायिका मानन्धरबीचको संवाद्लाई पनि समाबेश गरिएको छ । पुरानो चलचित्रमा नायिका करिश्माले आई लभ यू भन्न सिकाउँदा भन्न नजान्ने नायक हमालले अहिले आई लभ यू भन्न सिकिसकेको संवाद्मा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?