२१ असार २०७९, मंगलवार

शौचालयभित्र जलेर एकको मृत्यु

२०७४,पुष,२४,सोमवार ०८:५४

0
Shares

जुम्ला, २४ पुस – चन्दननाथ नगरपालिका–४ मालाभिड गाउँ जुम्लाका लक्ष्मीचन्द्र उपाध्यायको शौचालयभित्र जलेर मृत्यु भएको छ कर्णाली यातायात व्यवसायी संघका कोषाध्यक्षसमेत रहनुभएका ४२ वर्षीय उपाध्यायको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ शौचालय वरिपरि राखेको दाउराको खतान (चाङ) र सुकेको खरमा आज बिहान ५ः०० बजेतिर आगो लागेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । आगो लागेपछि गाउँलेले प्रहरीलाई खबर गर्नेबित्तिकै सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाले स्थानीयको सहयोगमा आगो नियन्त्रण लिएको स्थानीयवासी देवीप्रसाद सिम्खाडाले बताए आगलागीबाट शौचालयमा क्षति पुग्यो भन्ठानिएकामा नचिनिने अवस्थामा मान्छेको शव भेटिएको र को हो भनी यकिन गर्दा उपाध्याय नै रहेको सिम्खाडाले बताए यता प्रहरीले हातखुट्टा टाउको लगायतका भाग जलेको अवस्थाको शव भेटिएको र सोको मुचुल्का बनाई परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पु¥याइएको बताएको छ आगलागी र शौचालयभित्र उपाध्यायको जलेर मृत्यु भएको घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०७४,पुष,२४,सोमवार ०८:५४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

धनुषा । सशस्त्र प्रहरीले धनुषाबाट ठूलो परिणाममा स्रोत नखुलेको अवैध नेपाली रुपैयाँ बरामद गरेको छ । सशस्त्र प्रहरीले जनकपुरबाट आलुको

दाङ । प्युठानमा चट्याङ लागेर दुई जना बालकको मृत्यु भएको छ । प्युठानको ऐरावती गाउपालिका–६ बिजुलीकोटमा ९ जना घाइते भएका

सिन्धुपाल्चोक । सुन्दै ज्यान नै झसङ्ग हुने नाम हो भूत । भूत भन्ने बित्तिकै मान्छेको मन तर्सिन्छ । सिन्धुपाल्चोकमा एउटा

सुर्खेत । २० जना कैदीबन्दी अट्ने जाजरकोट कारागारमा ५४ जना राख्दा व्यवस्थापनमा समस्या भएको छ । सुधारगृहको रुपमा रहेको कारगारमा

ताजा समाचार

भलिबल प्रशिक्षक चन्दको सम्मान र बिदाई
 २०७९,असार,२१,मंगलवार १७:३९
बस्यो मन्त्रिपरिषद् बैठक
 २०७९,असार,२१,मंगलवार १७:०५
सानेपामा कांग्रेस पदाधिकारी बैठक जारी
 २०७९,असार,२१,मंगलवार १६:५६