काठमाडौं, २४ पुस । राष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रदेशको अस्थायी राजधानी तोकेर अघि बढ्न सुझाव दिएकी छन् सरकारले प्रदेशको राजधानी नतोकीकन प्रदेश प्रमुखमात्रै तोक्ने र अस्थायी रुपमा काठमाडौंबाट नै काम चलाउने तयारी गरेपछि राष्ट्रपतिले प्रदेशको राजधानी तोक्न सुझाव दिएकी हुन् सरकारले वाम गठबन्धनले सहमति नदिएको र विभिन्न ठाउँमा आन्दोलन भएको प्रदेशको अस्थायी राजधानी तत्काल नतोक्ने मनस्थिति बनाएको थियो प्रदेशको राजधानीका विषयमा परामर्श गर्न प्रधानमन्त्री देउवा सोमबार विहान शीतल निवास पुगेका थिए । सो क्रममा राष्ट्रपति भण्डारीले जनतालाई सहज हुनेगरी प्रदेशको अस्थायी मुकाम तोक्न सुझाव दिएकी हुन् राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले सरोकारवाला पक्षसँग परामर्श गरेर अस्थायी राजधानी तोकेर अघि बढ्न सुझाव दिएको जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया