काठमाडौं | यौन मानव जीवनमा अपरिहार्य छ | यौन मानिसका लागि सदैव कौतूहलको विषय रहँदै आएको छ। पूर्वीय समाजमा अझै पनि मानिसहरू यो विषयमा खुलेर कुरा गर्न चाहँदैनन्, तर पश्चिमा समाजमा भने यो विषयमा खुलेर कुरा गरिन्छ। कतिपय अवस्थामा त्यहाँका मानिसहरू आफ्ना आकांक्षालाई सार्वजनिक रूपमै व्यक्त गर्छन् र सोहीअनुरूपको व्यवहारसमेत गर्छन्।
जोडीको ध्यान र क्रियाकलाप आफ्नो यौन सम्पर्कलार्ई कसरी खास बनाउने भन्नेमा केन्द्रित हुनुपर्छ।
यौनमा स्वास्थ्यको अहम भूमिका हुन्छ । जोडीमध्ये कसैले पनि यो कुरामा लापरबाही गर्नु हुँदैन।
आफ्नो साथीलार्ई कौतुहल बनाउन प्रयास गर्नुपर्छ। सेक्स अपिल भएको पहिरन लगाउने तथा ओछ्यान र कोठाको साज–सज्जामा विशेष ध्यान दिने कुरा बिर्सनु हुँदैन।
यौनसम्पर्कका लागि कसैले पनि हतार गर्नुहुँदैन। । एक–अर्काले साथीलार्ई खुल्न कतिको सहज हुदै गएको छ र फिलिङ्स आएको छ/छैन ध्यान दिनुपर्छ।
-विभिन्न खालका रुढिवादी विचारलाई दिमागबाट टाढा राखेर सबैभन्दा पहिले कसरी लामो समय यौनको मज्जा लिने भन्ने कुरा सोच्नुहोस्।
-यौनसम्पर्क गर्ने भन्दा पनि लामो समय एक–अर्कासँग जिस्किएर, खेलेर तथा कुराकानी गरेर मज्जा लिने प्रयास गर्नुहोस्।
-यौन साथी ओच्छ्यानमा आउनुभन्दा अघि नै आफू तयार भएर बस्नुहोस् । जस्तो कि नुहाउने, मन्द सेन्ट छर्कने जस्ता काम, तर एक–अर्कालाई घिन लाग्ने सामान नजिक नल्याउनुहोस्।
-यौनसम्पर्कलाई एउटा अत्यावश्यक कर्मका रूपमा लिनुहोस्।
-खुलेर कुराकानी गर्नुहोस्। एक–अर्काको अनुभव साटासाट गर्नुहोस्, जसले गर्दा यौन क्रियाकलाप मस्तिष्कबाटै सक्रिय होस्।
-कतिपय महिला–पुरुष मुखमैथुन रुचाउँछन् भने त्यो हुनु नराम्रो होइन, तर सरसफाइमा पर्याप्त ध्यान पु¥याउनु जरुरी हुन्छ। यदि साथीलाई यस्तो व्यवहार मन पर्दैन भने प्रयोग नगरकै राम्रो।
-एक–अर्काको संवेदनशील अंग चलाउनुपर्छ। एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया