चितवन मेडिकल कलेजका बिरुद्ध बिध्यार्थीले दिए २४ घन्टे यस्तो अल्टिमेटम !

काठमाडौं । चितवन मेडिकल कलेजले तोकेको भन्दा बढी लिइएको पाइएको छ । यसरी तोकिएको भन्दा बढि शुल्क फिर्ता गर्न त्यहाँका विद्यार्थी तथा अभिभावकले २४ घन्टे अल्टिमेटम दिएका छन् ।

जिल्ला प्रशासन कार्यालय चितवनमा यस अघीपनि त्यस विषयमा बार्ता भएको थियो । उक्त वार्तामा कलेजले एक महिनाभित्र विद्यार्थीहरुलाई बढी लिइएको शुल्क फिर्ता गर्ने प्रतिबद्धता प्रशासनले जनाएको थियो।

असोज १० गते सम्म फिर्ता रकम सम्बन्धी प्रतिबेदन तयार पार्ने र बढि लिएको रकमको भरपाई दिने सहमती भएको थियो । तर तोकिएको म्याद सकिएपनि ति दुबै कुरा गर्न कलेज प्रशासन तयार नभएपछि बिद्यार्थी र अभिभावक पुन आन्दोलनमा जान बाध्य भएका हुन् ।

प्रशासन कार्यालयमा भएको सहमती कार्यान्वयन गर्न तर्फ कलेजले कुनै प्रयास नगरी आलटाल गर्न थालेपछि आफुहरुले बाध्य भएर २४ घण्टे अल्टिमेटम दिएको चिकित्सा शिक्षा संघ्रष समितिका संयोजक प्रकाश चन्दले बताउनु भयो ।

चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत सहित बसेको सर्वपक्षिय बैठकले १० गतेसम्म विद्यार्थीहरुलाई कलेजले लिएको शुल्कको भर्पाइ दिने र रकम फिर्ता गर्न पूर्ण प्रतिवेदन बनाउने सहमति यस अघि नै भइसकेको थियो ।

चिकित्सा शिक्षा संघ्रष समितिका संयोजक प्रकाश चन्द र अभिभावक संघ्रष समिति संयोजक निर्मला कण्डेल द्धारा हस्ताक्षरित बिज्ञप्तीमा यस अगाढी भएको सम्झौता अनुरुप प्रतिबेदन तयारीका सम्पुर्ण बाकी काम पुरा गर्न चितवन मेडिकल कलेजलाई २४ घण्टाको अल्टिमेटम दिईएको छ । अबैद्ध रकम फिर्ता नहुदासम्म आन्दोलन जारी राखने बिज्ञप्तिमा उल्लेख रहेको छ ।

साथै सोमबार बिहान ११ बजेसम्म विद्यार्थीहरुलाई भर्पाइ दिने काम नभएमा चितवन मेडिकल कलेज अस्पतालको गेटमा विद्यार्थी, अभिभावक र नागरिक सम्मिलित बृहत विरोध कार्यक्रम सुरु हुने विद्यार्थीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?