स्मार्ट सेलले ल्यायो दशैँका लागी यस्तो अफर

काठमाडौं । स्मार्ट सेल नेपालको तेस्रो ठुलो दुरसञ्चार सेवा प्रदायक कम्पनी हो । स्मार्टसेलले ग्राहकहरुका लागी बिभिन्न सेवा सुविधा उपलब्ध गराउदै आएको छ ।
यसपालीको दशैँमा स्मार्ट सेलले ग्राहकहरुलाइ नयाँ अफर ल्याएको छ । कम्पनीका अनुसार डेटा, भ्वाइस र म्यासेजका लागी अफर ल्याएको छ ।

कम्पनीका अनुसार यो अफरमा ९९ पैसा प्रति मिनेट सबै नेटवर्कमा कुरा गर्न मिल्ने छ। यसमा ९९ रुपैयाँको ३० दिनका लागि मान्य हुने १०० मिनेटको प्याकेज पाइने छ। यो प्याक लिनका लागि *141*1*4*1# डायल गर्नुपर्छ।

त्यस्तै दशैं डाटा प्याकेज पनि छ । २९९ रुपैयाँमा ४५ जिबी पाइने छ। एक महिनासम्म पाइने यसमा हरेक दिन १=५ जिबी पाइने छ। *141*3*2*1#  डायल गरी यो प्याक लिन सकिने छ।

त्यस्तै दशैँको लागी स्मार्टले प्याकेजमा इन्डिया फोन गर्नको लागी सेवा उपलब्ध गराएको छ । जसअनुसार ३० दिनका लागि २४० मिनेट टकटाइमको यो प्याकको मूल्य ३१२ रुपैयाँ छ। त्यस्तै सात दिनका लागि १०१ रुपैयाँको ७५ मिनेट र १ दिनका लागि २२ रुपैयाँमा १६ मिनेट टकटाइम भएको प्याक पाइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?