आयोगले आज सार्वजनिक गर्दै राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका

काठमाडौं, २४ पुस । निर्वाचन आयोगले माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका आज सार्वजनिक गर्ने तयारी गरेको छ आयोगले माघ ७ देखि २४ गतेसम्म लागु हुने गरी कार्यतालिका सार्वजनिक गर्न लागेको हो मतदाता नामावली सार्वजनिक, मनोनयन दर्ता, दाबी विरोध, अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह वितरण साथै निर्वाचनको समय सिमासहित आयोगले कार्यतालिका तयार पारेको हो त्यस्तै, राष्ट्रिय सभा निर्वाचनमा कुल २ हजार ५६ मतदाता रहनेछन् । उनीहरुमध्ये गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उप–प्रमुख गरी १ हजार ५ सय ६ तथा प्रदेश सभाका सदस्य ५ सय ५० रहेका छन् राष्ट्रिय सभा निर्वाचनका लागि प्रत्येक प्रदेशबाट ८ जना प्रतिनिधि गरी ५६ जना निर्वाचित हुनेछन् प्रत्येक प्रदेशबाट कम्तीमा ३ जना महिला, १ जना दलित र १ जना अपांगता भएका व्यक्ति वा अल्पसंख्यक निर्वाचित हुनेछन् भने राष्ट्रपतिबाट ३ जना मनोनीत हुनेछन् । संघीय व्यवस्थापिकाको स्थायी सदनको रुपमा रहने राष्ट्रिय सभा ५९ सदस्यीय हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?