अत्याधिक बढ्यो प्याजको मुल्य , यस्ताे छ बजारको स्थिती !

काठमाडौं । दशैँ नजिकिएसँगै बजारमा प्राय सबै खाद्य वस्तुको भाउ आकाशिएको छ । त्यस्तै बजारमा प्याजको मुल्य अत्याधिक मात्रामा बढेको पाइएको छ । प्याजको मुल्य बढेसँगै बजारमा माग घटेको व्यवसायीहरु बताउछन् । दैनिक २० टन बिक्री हुने प्याज अहिले पाँच टनमा झरेको छ। भारतमा यस वर्ष प्याज उत्पादनमा आएको कमीले नेपालमा असर परेको हो ।

भारतमा ढिलो गरी सुरु भएको मनसुन र लगातारको वर्षाले खेती नष्ट भएपछि प्याजको मूल्यबृद्धि भएको बताइएको छ । ‘वर्षाले भारतमा ठूलो मात्रामा प्याज खेती नष्ट भएको छ,’ प्याज आयातकर्ता एवं अम्बे इन्टरनेशनलका सञ्चालक मोहन बानियाँले बताउनुहुन्छ , ‘जसको असर मूल्यमा परेको हो। अहिले आयात भइरहेको प्याज पुरानो स्टक हो’ ।

प्याजको मूल्यबृद्धि भदौदेखि नै  सुरु भएको थियो । प्याज व्यापारीका अनुसार साउनमा प्याजको थोक मूल्य प्रतिकिलो २५ रुपैयाँ थियो। भदौमा ४० रुपैयाँ पुग्यो। असोज लगत्तै प्याजको मूल्य ह्वात्तै बढेर ९५ रुपैयाँ प्रतिकिलो पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?