आजपनि घट्यो सुनको मुल्य , यस्तो छ बजारभाउ

काठमाडौं– नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको मूल्यमा केही गिरावत आएको छ । शुक्रबार तोलामा ७० हजार ८०० मा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार रु ६०० घटेर ७० हजार २०० मा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासँघले जनाएको छ । यस्तै तेजावी सुन तोलामा ६९ हजार ९०० मा कारोबार भएको छ ।

त्यस्तै चाँदीको मुल्यमा पनि १५ रुपैयाँले कमी आएको छ । शुक्रबार चाँदीको मूल्य तोलामा रु ८६० थियो । भने आइतबार रु ८४५ मा कारोबार भइरहेको पनि महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?