बाजुराका स्वास्थ्य संस्थामा औषधि अभाव

बाजुरा, २४ पुस – स्थानीय तहमा हस्तान्तरण भएपछि बाजुराका स्वास्थ्य संस्थामा औषधि अभाव भएको छ नेपाल सरकारले तोकेका ८० प्रकारका निःशुल्क औषधि स्थानीय तहले खरिद गर्न नसेकेका कारण स्वास्थ्य संस्थामा औषधिको अभाव भएको हो । का प्रमुखले गुनासो गर्न थालेका छन् स्थानीय तह (नगरपालिका तथा गाउँपालिका) ले औषधि खरिद गर्नका लागि आवश्यक रकम उपलब्ध गराउन नसक्दा औषधि अभाव भएको स्वास्थ्य संस्थाले जनाएको छ । अहिले ती संस्थामा सिटामोलसमेत पाउन छाडिएको जनाएको छ ‘स्थानीय तहमा हस्तान्तरण हुनुभन्दा अघि औषधि समयमै आउने गरेको थियो, काम गर्न सहजता थियो, अहिले अन्योल भएको छ’ बूढीगंगा स्वास्थ्य चौकीका प्रमुख ललिता रोकायाले भने स्वास्थ्य मन्त्रालयको निर्देशनमा बाजुरा जिल्लाका सबै स्वास्थ्य संस्था स्थानीय तहमा हस्तान्तरण भइसकेका छन् स्थानीय तहमा हस्तान्तरण भइसकेपछि सम्बन्धित नगरपालिका र गाउँपालिकाले यसको जिम्मेवारी लिनुपर्छ, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा.रुपचन्द्र विश्वकर्माले भने– ‘जिल्ला जनस्वास्थ्य कार्यालय र स्थानीय तहको जिम्मेवारी सम्बन्धमा सरकारले प्रष्ट पारिदिएमा स्वास्थ्यकर्मीलाई काम गर्न सजिलो हुन्छ ।’जिल्लामा चार नगरपालिका र पाँच गाउँपालिका गरी नौ वटा स्थानीय तह छन् । जिल्लामा जनस्वास्थ्य कार्यालय, प्राथमिक स्वास्थ्य केन्द्र र २६ स्वास्थ्य संस्था छन् । यी स्वास्थ्य संस्थाको पहुँचभन्दा बाहिर रहेका गाउँमा सामुदायिक स्वास्थ्य एकाइ केन्द्रसमेत स्थापना भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?