नेयमारको गोलमा पीएसजीकाे जित

एजेन्सी । शनिबार राति भएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ । पीएसजीले बोर्डूअक्सलाई १-० गोल अन्तरले पराजित गर्यो ।

पीएसजीको जितको लागि नेयमारले निर्णायक गोल गरे । बोर्डूअक्सको मैदानमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७० औं मिनेटमा नेयमारले निर्णायक गोल गरेका थिए ।

जितसँगै पीएसजी लिगको शीर्ष स्थानमा उक्लिएको छ । पीएसजीले ८ खेलमा १८ अंक जोडेको छ । पराजित बोर्डूअक्स १२ अंक जोडेर लिगको पाँचौं स्थानमा छ ।

तस्वीर गूगल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?