७ किलो अवैध चाँदीसहित २ जना पक्राउ

जनकपुर । प्रहरीले अवैध चाँदीसहित जनकपुरका एक व्यापारी सहित २ जनालाई पक्राउ गरेको छ। धनुषाको जटही सिमा नाकाबाट बा ११ च १२५० नम्बरको टाटा सुमोमा करिब ७ किलो चाँदी भारत लैजाँदै गर्दा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा जनकपुरका ठाकुर ज्वेलर्सका सञ्चालक सुरेश ठाकुर र भारत बिहारको मधुवनीका धिरज ठाकुर छन् । शनिबार साँझ करिब ६ बजे पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?