मौसमविद भन्छन् – दशैंमा मौसम कस्ताे रहन्छ भनेर अहिले नै पूर्वानुमान गर्न कठिन !

काठमाडौं । सोमबारबाट मौसममा क्रमिक रुपमा सुधार आउने मौसमविदले पूर्वानुमान गरेका छन् । दशैंमा ठूलो पानी पर्छ कि भनेर आत्तिहाल्नु पर्ने अवस्था नरहेको मौसमविदको भनाइ छ । आइतबारको तुलनामा सोमबार मौसममा बढी सुधार देखिने मौसमविदहरुको अनुमान छ ।
मौसम पूर्वानुमान महाशाखाले सामान्यता तीन दिनको मात्र पूर्वानुमान गर्दछ । त्यसैले खासगरी फूलपातीदेखि दशैंको टीकासम्मको अवधिमा मौसमको अवस्था के हुन्छ भनेर अहिले नै पूर्वानुमान गर्न कठिन हुने मौसमविद बताउँछन् ।

तर, नेपालबाट मनसुन बाहिरीनसकेकाले वर्षाको सम्भावना भने कायमै रहने मौसमविदको भनाइ छ । तर, अहिले भइरहेको जस्तो ठूलो वर्षा वा पूर्ण बदलीको अवस्था भने नहुने अनुमान गरिएको छ ।
आइतबार काठमाडौं उपत्यकासहित देशभर बदली भई हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ । मनसुनी न्यून चापीय रेखा औसत स्थानबाट केहि उत्तर तर्फ सरेको छ। भारतको गुजरात र अरब सागर आसपासमा न्यून चापिय प्रणाली रहेको छ। अर्को न्यून चपीय प्रणाली भारतको उत्तर प्रदेशमा रहेको छ। हाल नेपालमा अरब सागर र बंगालको खाडीबाट आईरहेको जलवास्पयुक्त वायुको प्रभावले मनसुनी गतिविधि केहि सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान शाखाले जनाएको छ ।

असोज १२ गते (आईतबार)

दिउँसो: देशभरी सामान्य बदली रहनेछ। देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ। पूर्व र मध्यका थोरै स्थानहरुमा मेघगर्जन सहित चट्याङ्ग समेत हुनेछ।पूर्व र मध्यका १-२ स्थानमा भारी वर्षाको पनि संभावना रहेको छ |

राती:  देशभरी सामान्य देखि पूर्णतया बदली रहनेछ। देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ। पूर्व र मध्यका एक/दुई स्थानमा मेघगर्जन सहित चट्याङ्ग समेत हुनेछ। पूर्व र मध्यका १-२ स्थानमा भारी वर्षाको पनि संभावना रहेको छ |

असोज १३ गते (सोमबार)

दिउँसो: देशको पूर्व र मध्य भेगमा सामान्य वदली रही बाँकि भूभागमा आंशिक वदली हुनेछ। पूर्व र मध्यका  केहि र पश्चिमका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ। पूर्व र मध्यका एक/दुई स्थानमा मेघगर्जन सहित चट्याङ्ग समेत हुनेछ।

राती:  देशको पूर्व र मध्य भेगमा सामान्य वदली रही बाँकि भूभागमा आंशिक वदली हुनेछ। पूर्व र मध्यका  केहि र पश्चिमका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ। पूर्व र मध्यका एक/दुई स्थानमा मेघगर्जन सहित चट्याङ्ग समेत हुनेछ।

असोज १४ गते (मंगलबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य वदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने छ ।

राती:  देशभर आंशिक देखि सामान्य वदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?