अञ्जली अधिकारी बनिन् भ्वाईसका कोच प्रमोद खरेलकी ‘ज्यानमाया’ (भिडियो सहित)

काठमाण्डौं । द भ्वाईस अफ नेपालका कोच प्रमोद खरेललको नयाँ गीत ‘ज्यानमाया’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा पछिल्लो समयकी चर्चित मोडल अञ्जली अधिकारीको अभिनय रहेको छ । साथमा हिमांशु कार्कीले साथ दिनुभएको छ ।

गीतमा नृपेश उप्रेतीको शब्द तथा संगीत रहेको छ भने संगीत संयोजन पुरुषोत्तम सुबेदीले गर्नुभएको हो । प्रबिन थापाको निर्देशनमा तयार भएको गीतको भिडियोमा बाँसु बरालको छायांकन तथा शक्ति प्रज्वल घिमिरेको सम्पादन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?