२१ आश्विन २०७९, शुक्रवार

राजधानीमा अचाक्ली धुलोधुँवा : थलिँदै बालबालिका

२०७४,भाद्र,२८,बुधबार ०२:३७

0
Shares

काठमाडौं, २८ भदौ- अक्सिजन लिन सुरु गरेपछि कपनका रिदम सिटौला बर्रर रुन थाले । रुवाइ नथामिएपछि आमा मन्दिरा आत्तिदै उनलाई सम्हाल्न तल्लीन थिइन् । उपत्याकाको धुवाँधुलोका कारण दुई वर्षमै रिदमको छाती खराब भएको छ । खानापान, सुताइ र बसाइमा ध्यान दिइरहे पनि छोरा पटक-पटक बिरामी पर्दा मन्दिरालाई पर्नु चोट परेको छ ।चार दिनअघि बल्झिएको छाती घ्यारघ्यार गर्ने, स्याँस्याँ हुने र लगातार खोकी लाग्ने समस्या निको नभएपछि मन्दिराले मंगलबार बिहान उनलाई कान्ति बाल अस्पतालको ओपीडीमा पुर्‍याएकी थिइन् । चिकित्सकले जाँचेलगत्तै रिदमलाई अक्सिजन दिन थालिएको थियोे । रिदमपछि अक्सिजन लिन १९ जना बच्चा लामबद्ध थिए । रुँदा, चिच्चाउँदा र झिँझो मान्दा शिशु सम्हाल्न आमाहरू सकसमा देखिन्थे, अन्नपूर्ण पोस्टमा खबर छ ।ओपीडीको अर्को कोठामा अस्पतालका निर्देशक डा.गणेशकुमार राई थानकोटकी सात वर्षीया अनुसा न्यौपानेलाई धुवाँधुलोबाट बच्न सल्लाह दिँदै थिए । आमा शिलाले चिकित्सकको सल्लाह ध्यानपूर्वक सुन्दै थिइन् । तर, उनीहरूलाई कुर्ने धैर्यता छेउतिर ठेलमठेल गर्दै उभिएका अन्य बच्चाका अभिभावकमा थिएन । डा. राई नजिकै बसेका अर्का चिकित्सकलाई कुपण्डोलका रोशन घिमिरेले आफूलाई घाँटी दुख्ने र सुख्खा खोकी लाग्ने गुनासो गर्दै थिए । रोशनकी फुपू निसाले भनिन्, ‘अचेल उसलाई थकाइ धेरै लाग्छ, झिँझो मान्छ । तनाव लिएजस्तो देखिन्छ ।’धापासीकी निर्मला सुवेदी भीडमा छोरा सच्चन रुन थालेपछि कोठाबाट बाहिरिइन् । सच्चनलाई अचानक लगातार सुख्खा खोकी लागेपछि उनको पनि होसहवास उडेको थियो । मन्दिरा, शिला, निसा, निर्मलाजस्ता सयौं आमा अस्पतालको ओपीडीमा आफ्ना नानीलाई जँचाउन पालो कुर्दै थिए । कोठाको उकुसमुकुस भीडमा बिरामी बच्चाले असहज मानिरहेको प्रस्ट देखिन्थ्यो । यस्ता दृश्य अहिले हरेक सरकारी अस्पतालमा देखिन थालेको छ ।‘बिरामीको संख्या ह्वात्तै बढ्यो । जाँच गर्न हामीलाई हम्मेहम्मे परेको छ’, भीडबाट फुत्किएपछि डा.राईले भने, ‘यसको मुख्य कारण धुवाँधुलो नै हो । यसले बच्चामा भयानक रोग देखिन थालेको छ ।’ विश्वकै प्रदूषितमध्येको सहर मानिने काठमाडौंमा धुवाँधुलोले कलिला बच्चालाई रोग बोकाउन थालेको छ।

प्रकाशित मिति: २०७४,भाद्र,२८,बुधबार ०२:३७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको मतपत्र छपाइको काम सकिएको

काठमाडौं । काठमाडौं उपत्यकामा फूलपातीदेखि आज शुक्रवार दिउँसोसम्म विभिन्न घटना/दुर्घटनामा परी सात जनाको ज्यान गएको छ । मृत्यु हुनेमा चार

बैतडी । बैतडीमा आगलागीबाट एक वृद्धा गम्भीर घाइते भएकी छिन् । पुर्चौँडी नगरपालिका–८ डणपूरमा घरमा आगलागी हुँदा ८४ वर्षीया जयमती

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारले गर्नुपर्ने स्वःघोषणा सार्वजनिक

ताजा समाचार

गठबन्धन र लोसपाको वार्ता सकारात्मक
 २०७९,आश्विन,२१,शुक्रवार २२:१२
प्रचण्ड गोरखा–२ बाट निर्वाचन लड्ने पक्का
 २०७९,आश्विन,२१,शुक्रवार २१:३५
हेर्नुहोस् आजको टप–१५ समाचार (भिडियोसहित)
 २०७९,आश्विन,२१,शुक्रवार १९:५२