‘हाउसफूल ४’ को ट्रेलर सार्वजनिक

एजेन्सी । बहुप्रतीक्षित कमेडी फिल्म ‘हाउसफूल ४’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको दमदार ट्रेलरमा अक्षय कुमार, बबी देओल, रितेशका साथै कृति सेनन, कृति बरबदा र पूजा हेगडेको मुख्य भूमिका देख्न सकिन्छ ।

सन् १२१९ र २०१९ को कहानी भनिएको यो फिल्ममा पूनर्जन्मको कथा समेटिएको छ । तिहारको अवसर पारेर रिलिज गर्न लागिएको यो फिल्मले धमाकेदार व्यापार गर्ने आँकलन गरिएको छ ।

यसअघि रिलिज भएको ‘हाउसफूल ३’ ले खासै कमाल गर्न सकेको थिएन । र, पनि उक्त फिल्म सय करोड क्लबमा प्रवेश गरेको थियो । ‘हाउसफूल ४’ लाई फरहाद सामजीले निर्देशन गर्नुभएको हो भने साजिद नाडियाडवालाले निर्माण रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?