लिपस्टिक लगाउँदै हुनुहुन्छ, ख्याल गर्नुहोस् यी कुरा

एजेन्सी । ओंठको सौन्दर्यका लागि लिपस्टिक प्रयोग गरिन्छ । यो युवतीहरुको अनिवार्य सौन्दर्य प्रसाधन हो । अन्य मेकअप नगर्ने युवतीहरु समेत लिपस्टिक चाहि प्रयोग गर्न रुचाउँछन् । तर, लिपस्टिक कसरी प्रयोग गर्ने ? यसको सहि विधी जान्न सके थप आकर्षक देखिन्छ स्क्रब गरौंलिपस्टिक लगाउनुअघि आफ्नो ओंठलाई हल्का स्क्रब गरौ, ताकि ओंठको मृत कोशिकाबाट छुटकारा मिल्न सकोस् । यसले लिपस्टिक ओंठमा राम्ररी लाग्छ र ओंठको प्राकृतिक रंगसँग मिल्छ पनि लिप बामको अधिक प्रयोग नगरौओंठको मोस्चराइज गर्नु ठीक हो । तर लिप बामको धेरै प्रयोग ठीक हुन्न । यसले लिपस्टिकलाई तपाईको ओंठमा लामो समय टिक्न दिदैन । बरु, ओंठमा लिप बामलाई हल्कासँग मात्र लगाउने र त्यसको दश मिनेटपछि लिपस्टिक लगाउने ओंठलाई तयार गरौंकतिपयको ओंठ पिग्मेन्टेड हुन्छ । र, लिपस्टिकको सहि शेड ओंठमा देखिदैन । त्यसैले ओंठमा प्राइमरको प्रयोग गर्नु उचित हुन्छ । प्राइमर लिपस्टिकलाई लामो समयसम्म टिकाउँछ । साथै फैलनबाट पनि बचाउँछ लिप लाइनरको प्रयोगहामी जान्दछौ कि, लिप लाइनरको काम हो लिपस्टिकलाई ओंठको भित्र बनाउने । तर, यसलाई ओंठमा लगाउँदा लिपस्टिक लामो समयसम्म टिक्छ पाउडरको प्रयोगके तपाईको लिपस्टिक अक्सर बग्छ ? त्यसो हो भने यसलाई सहि ढंगले सेट गर्नुपर्छ । त्यसका लागि ओंठमा पारदर्शी वा लुज पाउडर लगाउनु पर्छ । र, त्यसपछि पुन एक पत्र लिपस्टिक लगाउनुहोस् दाँतमा लिपस्टिक लाग्नबाट बच्नेदाँतमा लिपस्टिक लाग्नु हुँदैन । त्यसका लागि एउटा राम्रो काइदा छ । लिपस्टिक लगाइसकेपछि एक औंलालाई मुखभित्र राखेर ओंठ खोल्ने र बन्द गर्ने । ओंठमा लगाएको अतिरिक्त लिपस्टिक औंलामा आउँछ ब्रसले लगाउनेस्टिकलले लिपस्टिक लगाउँदा संभवत यो ओंठको किनार र क्रीजलाई कभर गर्दैन । त्यसैले लिप ब्रसको प्रयोग सहि हुन्छ । यसले ओंठ सुन्दर देखाउँछ । ब्रसको मद्दतले किनारमा पातलो लिपस्टिक लगाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?