सुन्दर यातायातले ल्यायो विद्दुतीय ट्याक्सीः फुल चार्ज गर्दा २५० कि.मि. कुदाउन सकिने

काठमाडौं । केही समय अघि मात्र काठमाडौंमा विधुतीय बस सञ्चालनमा ल्याएको सुन्दर यातायातले अब काठमाडौंमा विधुतीय ट्याक्सि सञ्चालनमा ल्याउने भएको छ । तिहारपछि १५ ओटा विद्युतीय ट्याक्सी चलाउने तयारी थालिएको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिनुभयो ।

दशैं पछि ट्याक्सी ल्याउने र प्राविधिक परिक्षण मात्र सञ्चालनमा ल्याउने तयारी भइरहेको समेत जानकारी दिनुभयो ।

उक्त ट्याक्सीमा फुल चार्ज गर्नका लागी ४ सय ५० रुपैयाँ लाग्ने र एकपटक फुल चार्ज गरिसकेपछि २ सय ५० किलोमिटर सम्म चलाउन सकिने छ । साथै भाडापनि अरुको भन्दा ३० प्रतिशतसम्म सस्तो हुनेपनि थापाको भनाइ रहेको छ ।

केही समय अघिबाट मात्र सञ्चालनमा आएको सुन्दर यातायातका दुईओटा विधुतिय बस हाल काठमाडौंमा सञ्चालनमा रहेका छन् । थापाका अनुसार यी ट्याक्सी होम चार्जिङमा चार्ज गर्न ३ घण्टा लाग्ने र फास्ट चार्जिङमा डेढ घण्टामा फुलचार्ज हुने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?