आजपनि घट्यो सुनको मुल्य , यस्तो छ आजको बजारभाउ

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य घटेको छ । विहिबार प्रतितोला सुनको मुल्य ७१ हजारमा कारोबार भएको थियो । त्यस्तै आज प्रतितोला २ सयले कमि भई ७० हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यबसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मुल्यमा कमि आएको छ । हिजो प्रतितोला ८ सय ६५ मा कारोबार भएको थियो । तर आज ५ रुपैयाँले कमि भई ८ सय ६० मा कारोबार भइरहेको पनि संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?