१४ जेष्ठ २०८०, आईतवार

३५ लाख फिरौती माग्दै दाजुले गरे भाइ अपहरण, नर्सको कलमले भयो चमत्कार

२०७४,भाद्र,२८,बुधबार ०२:२८

0
Shares

स्याङ्जा, २८ भदौ- स्याङ्जाको गल्याङ नगरपालिकामा दाजुले भाइ अपहरण गरी ३५ लाख फिरौती मागेका छन् । गल्याङ नगरपालिका–२ का ४० वर्षीय मोबिनद्दिन मियाँले भाइ जनरुद्दिनलाई अपहरण गरी फिरौती माग्दै कुटपिट गरेका हुन् ।मोहबिनद्दिन बुटवल उपमहानगरपालिका–५ बस्ने ३८ वर्षीय जनरुद्दिनको कान्छा काकाको छोरा भएको प्रहरीले जनाएको छ ।अपहरण गरी फिरौती माग्ने मोहबिनद्दिनसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ, राजधानी दैनिकमा खबर छ ।मियाँसँगै कालीगण्डकी गाउँपालिका–६ का २४ वर्षीय सुन्दरप्रसाद अधिकारी र सन्तोष श्रेष्ठ रहेका छन् । अपहरणकारीले चप्पल तथा जुत्ता व्यापारी मियाँलाई अपहरण गरी फिरौती माग्दै कुटपिट गरी घाइते बनाएका थिए । घाइते भएका जनुरुद्दिन मियाँले आफ्नो स्वास्थ्य खराब भएको र अस्पताल पु¥याएर औषधि सेवन गर्न आग्रह गर्दै उपचारपछि मागेको रकम दिने बताएपछि अपहरणकारीले नै गल्याङ सामुदायिक अस्पतालमा उपचारका लागि लगेका थिए ।घाइते अवस्थामा रहेका जनुरुद्दिन मियाँले चिकित्सकलाई आफूलाई अपहरणमा परी कुटपिट गरी घाइते बनाएको भन्दै प्रहरीलाई खबर गरिदिन कागजमा लेखेर अनुरोध गरेका थिए । पीडित जनुरुद्दिनले अपरणकारीको आँखा छली नर्सको पेन गोप्य रूपमा मागेर शौचालय गई लेखेको कागज चिकित्सकलाई दिएपछि अस्पतालले प्रहरीलाई खबर गरेका थिए । कुटपिटबाट गम्भीर घााइते भएका मियाँले अस्पतालमा लैजान आग्रह गर्दै फिरौती रकम दिन्छु भनेपछि मात्र अपहरणकारीले उपचारका लागि अस्पताल लगेको मियाँको भनाइ छ ।अस्पतालको सूचनाको आधारमा गल्याङ अस्पतालबाट मियाँलाई अपहरणमुक्त गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनालाई वडा प्रहरी कार्यालय वालिङमा राखिएको छ ।

प्रकाशित मिति: २०७४,भाद्र,२८,बुधबार ०२:२८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राँझा । नेपालगञ्ज उपमहानगरपालिकाले यहाँ सञ्चालनमा रहेका सहकारीको अवस्था बुझ्न अनुगमन शुरु गरेको छ । नगरमा सञ्चालनमा रहेका सहकारीको अवस्था

काठमाडौं । बागमती प्रदेश सभा सांसद कृष्णकुमार तामाङ ‘समीर’ले आगलागी पीडितलाई राहत सामग्री प्रदान गरेका छन् । गत वैशाख २७

कैलाली । पूर्वाधार विकास निर्माणमा कैलालीको बर्दगोरिया अब्बल गाउँपालिकाको रुपमा परिचित हुन थालेको छ । सामाजिक, आर्थिक रुपान्तरणसँगै पूर्वाधार निर्माण

कैलाली । न्यू लालीगुँरास ग्रामीण विद्युत सहकारी संस्थाको १७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कैलालीको बर्दगोरिया गाउँपालिका

ताजा समाचार

गणतन्त्र दिवसमा ४८२ कैदीले पाए आममाफी
 २०८०,जेष्ठ,१४,आईतवार १८:१९