मेस्सीले शनिबारको खेल गुमाउने निश्चित, च्याम्पियन्स लिग अन्योल

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले शनिबार गेटाफेसँगको खेल गुमाउने हुनुभएको छ । ला लिगा अन्तर्गत भिलारियलसँगको खेलमा सिजनकै पहिलोपटक सुरुवाती ११ मा खेलेका लियोनल मेस्सी घाइते हुनुभएको थियो । पहिलो हाफमा नै घाइते हुनुभएका मेस्सीको स्वास्थ्यमा सुधार आएपछि मात्र उहाँ फर्कने थाहा हुने बार्सिलोनाले जनाएको छ ।

नयाँ सिजन सुरु हुनअघि पनि घाइते भएका मेस्सी सुरुवातका केही खेलमा टिमबाट बाहिरिनुभएको थियो । कोपा अमेरिकाको खेल सकाएर बिदापछि क्लब फर्किएका मेस्सी अभ्यासको पहिलो दिनमै घाइते भएका हुनुभएको थियो ।

यसैबीच, बिहीबार इन्टर मिलानसँगको च्याम्पियन्स लिग खेलमा मेस्सी मैदान फर्कने आश गरिए पनि यकिन छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?