विकास र समृद्धिका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्नुपर्नेमा अर्थमन्त्रीको जोड

रुपन्देही । अर्थमन्त्री डा युवराज खतिवडाले विकास र समृद्धिका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको तिलोत्तमा लगानी सम्मेलन २०७६ को आज उद्घाटन कार्यक्रममा बोल्दै उहाँले नगरको आर्थिक विकासका लागि निजी क्षेत्रसँग सहकार्य र परिपुरकको प्रक्रिया अगाडि बढाएर समृद्धिको यात्रा तय गर्न आग्रह गर्नुभयो ।

उहाँले स्थानीय तहमा भूउपयोग नीति बनाउनसमेत सुझाव दिनुभयो । सार्वजनिक यातायातको व्यवस्थाका लागि तिलोत्तमा नगरसँगै अन्य नगरलाई जोडेर सरकारले मेगा सिटीको अवधारणा अगाडि बढाएको भन्दै यो योजना पूरा गर्नेतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?