पुराना बाइकसँग नयाँ बाइक साट्न सकिने : यामाहाले ल्यायो यस्तो योजना

काठमाडौं । यामाहाले एक्सचेञ्ज एण्ड अपग्रेड अफर ल्याएको छ । यामाहाको नेपाल स्थित आधिकारिक बिक्रेता मोरङ अटोले यस्तो योजना ल्याएको घोषणा गरेको हो ।

यस योजना अन्तर्गत प्रयोगमा आइसकेका जुनसुकै ब्राण्डका बाइकसँगपनि यामाहाको नयाँ बाइक साटन तथा यामाहासँग आफ्नै स्टाइल स्तरोन्नती गर्न समेत मिल्ने भएको छ ।

यामाहा एक्सेञ्ज एण्ड अपग्रेड योजनामा कुनै पनि ब्राण्डका टू–ह्वीलरहरुको न्यूनतम मुल्याँकन ३० हजार हुने छ। बजार मुल्यभन्दा १५ हजार थप गरेर मुल्याँकन गरिने कम्पनीले जानकारी दिएको छ ।

असोज ६ गतेबाट शुरुवात भइ असोज १३ गतेसम्म लागुहुने यो योजना देशभरका यामाहा शोरुमहरबाट सुबिधा लिन सकिने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?