दशैँमा ‘फ्यामिली भिजिट’ : यी ठाउँ नछुटाएकै राम्रो !

काठमाडौं । हिन्दु नेपालीहरुको महान चाड बडा दशैँ । हिन्दु धर्मवलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमी सम्म (नवरात्रभर) शक्तिको आराधना गरी दशौं दिन विहान दशमी का दिन आफूभन्दा ठुला मान्यजनहरुको हात बाट टीका-प्रसाद ग्रहण गरेर विशेष रुपमा पुर्णिमा सम्म मनाउने गर्छन् ।

घटनास्थापनादेखि नै दशैँ शुरु हुने भएकाले दशैंमा राम्रो लगाउन र मिठो खाने प्रचलन धेरै अगाडी देखिनै चलिआएको हो ।
अहिले एउटा सिरीज थपिएको छ । त्यो हो, घुमघाम ।

काम र पढाईको सिलसिलामा काठमाडौंमा बस्नेहरु पनि घर फर्की रहेका छन् । केहि फर्किसकेका हुन् । विदेशमा भएकाहरु पनि नेपाल आउने क्रम जारी छ । पछिल्लो समय दशैँको बिदामा साथीभाइसँग घुम्न जानेहरु प्रचलन बढ्दै गएको छ । दशैंको समयमा धेरै दिन बिदा हुने भएकाले पनि युवाहरुमा घुम्न जाने गरेका छन् । दशैंको बिदामा परिवार तथा साथीभाइसँग घुम्न जाने बनाउँदै हुनुहुन्छ होला ।

नेपालमा घुमफिर गरेर रमाइलो गर्नका लागि प्रशस्त ठाउँ रहेका छन् । दशैंका प्लानमा एउटा यो ठाउँ पनि राख्नुहोस् । जहाँ पुगेर तपाइलाई मानसिक शान्ति र आनन्द मिल्ने छ ।

पोखरा

तस्वीर गूगल

कास्की जिल्लामा पर्ने पर्यटकीय नगरी पोखरा घुमफिरका लागि आकर्षक गन्तव्य हो । यहाँ आन्तरिक र बाह्य पर्यटकको भीड लाग्ने गर्छ । पोखरामा फेवाताल, तालबाराही मन्दिर, महेन्द्र गुफा, डेभिड फल्स, बेगनास ताल, बिन्ध्याबासिनी मन्दिर, गुप्तेश्वर गुफा, चमेरु गुफा, बेगनाश ताल, साराङकोट, विभिन्न ताल लगायतका मनमोहक ठाउँहरु रहेका छन् ।

यहाँको खास विशेषता भनेको डुङ्गामा शेयर गर्दै सुन्दर प्राकृतिक दृश्यावलोकन गर्न पाउनु हो । पछिल्लो समय पोखरामा सराङकोटबाट प्याराग्लाइडिङ र जिप फ्लायर गर्नेको भिड बढेको छ । एउटै गन्तव्यमा धेरै नयाँ र आकर्षक स्थानको अवलोकन गर्न पाउने गन्तव्य हो, पोखरा ।

लुम्बिनी


गौतम बुद्धको जन्मस्थान लुम्बिनी अर्को आकर्षक गन्तव्य हो । लामो यात्राको रुची राख्नेहरुको लागि लुम्विनी उत्तम हुनसक्छ । शान्तिको लागि छट्पटिएकाहरुले त्यहाँ पुग्छन् । लुम्विनी प्रमुख आकर्षण भनेको मायादेवी मन्दिर हो ।

अत्यन्तै सुन्दर रहेको लुम्बिनीमा विभिन्न देशका कलात्मक गुम्बाहरु रहेका पनि रहेका छन् । त्यहाँका सबै गुम्बाहरु अत्यन्तै सुन्दर भएकाले गुम्बा बनाउन विभिन्न देशहरुबीच प्रतिस्पर्धा भएको आभाष मिल्छ । काठमाडौंबाट भैरहवा विमानस्थल हुँदै लुम्बिनी पुग्न सकिन्छ ।

सौराहा

तस्वीर गूगल

वाईल्ड लाइफ तथा थारू संस्कृति हेर्न रुचि राख्नका लागि चितवनको सौराहा निकै उपयुक्त गन्तव्य हुन्छ । सौराह चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएकाले पनि घुम्नका लागि चर्चित रहेको छ । यहाँको प्रमुख आकर्षण भनेको हात्तीमा जंगल सफारी गर्नु हो ।

हात्ती तथा जिप सफारी गर्दै बाघ, गैंडा, घडीयाल अवलोकन गर्न पाइन्छ । राप्ती नदीमा बोटिङ गर्दा गोही, गैंडालगायतका जनावर पनि देखिन्छ । सौराहामा जंगल सफारी, हात्ती सफारी, चरा वाचिङ तथा थारू संस्कृतिका लागि प्रख्यात रहेको छ ।

बन्दीपुर


डुम्रेबाट ८ किलोमिटरको दूरीमा रहेको बन्दीपुर दशैंको बिदामा घुम्नको लागि अर्को राम्रो ठााउ हो । पुराना घरहरूलाई कलात्मक रूपमा सिंगारिएको बन्दीपुर तनहुँको पुरानो बजार हो । नेवारी बस्ती र सुन्दर दृश्याले सबैलाई आकर्षीत गर्ने गरेको छ । यहाँबाट तनहुँको सुन्दर फाँटहरू, हिमाललगायतका दृश्यहरू हेर्न पाइन्छ ।

घलेगाउँ

पछिल्लो समय लमजुङको घलेगाउँ पर्यटनका लागि प्रसिद्ध बन्दै आएको छ । चिटिक्क परेको सुन्दर बस्ती, पुराना र मौलिक पाराका घर अनि आँखैअगाडि देखिने सेता हिमशृंखलाहरू, बाहृै महिना चिसो मौसम अनि पत्रे ढुङ्गाबाट बनेका छिर्ने साँघुरा बाटाहरू, बस्तीभरि नै मंगोलियन अनुहार, पुख्र्यौली लवज अनि आफ्नै मातृभाषामा सामान्य कुराकानीले सबैलाई आकर्षण गरेको छ ।

मुस्ताङ

हिमाल पारिको जिल्लाका रुपमा परिचित मुस्ताङ धार्मिक तथा प्राकृतिक रुपमा रमणिय ठाउँ हो ।
अन्नपूर्ण र धौलागिरी हिमालको छायाँमा रहेको यस जिल्ला चट्टानहरुले बनेको मरुभुमीजस्तै देखिन्छ । उच्च स्थानमा रहेका ले यहाँ दिउँसोको समयमा हावाको वहाव एकदमै तेज हुने गर्दछ । बाह्रै महिना हिउँले ढाकिने हिमालहरुको काखमा रहेको मुस्ताङमा पनि हिउँ पर्ने गर्छ । विशेषतः जाडो महिनामा धेरै हिउँ पर्ने गर्दछ । हिउँमा खेल्न मनपराउनेको लागि भनेर मुस्ताङ उपयुक्त गन्तव्य हुन्छ ।
मुस्ताङलाई मध्यभाग पारेर बग्ने कालीगण्डकीको आफ्नो छुटै विशेषता रहेको छ । तयो अति मनमोहक देखिन्छ । मुस्ताङमा रहेको मुक्तिनाथ मन्दिर हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको महत्वपूर्ण पर्यटकीय स्थल हो ।

नगरकोट

भक्तपुरमा पर्ने नगरकोट प्राकृतिक रुपमा मनोरम स्थल हो । नगरकोटबाट सगरमाथा, धौलागिरि, कञ्जनजङ्घा, मनास्लु, लाङटाङ, गौरिशंकर, ल्होत्से, मकालुजस्ता हिमालको दृश्यावलोकन गर्न पाइन्छ । यहाँ परिवारसँग गएर समय बिताउन मज्जा हुन्छ ।
नगरकोटको डाँडोमा रहेको भ्यू टावरबाट नजिकै हिमालहरु मुस्कुराएको देख्न पाइन्छ । सुर्योदय र सुर्यास्त हेर्नका लागि पनि नगरकोट प्रख्यात रहेको छ ।

जनकपुर

धनुषा जिल्लामा रहेको रामजानकी मन्दिर नेपालको प्रमुख धार्मीक गन्तव्यका रुपमा मानिन्छ । यहाँ नेपाली तथा भारतीय पर्यटकको ठूलो उपस्थिती हुने गरेको छ ।

हिन्दु धर्माबलम्बीहरुको विशेष आस्थाको केन्द्र जनकपुरधाम पर्यटकीय नगरी मध्ये एक हो । प्राचीन मिथिलाको राजधानी एवं त्रेता युगका भगवान राम र आदर्शनारी सीताबिचको सम्बन्धले जनकपुरको महत्वलाई झनै बढाइदिएको छ । मिथिलामा दिनहुँ कुनै न कुनै चाडपर्व परिरहन्छ । त्यसको अवसरमा यहाँ रहेको मठ मन्दिर, तालतलैया, पाटीपौवा र कुट्टीहरुमा भजन किर्तन, पूजाआजाले भान हुन्छ ।

कालिञ्चोक

दोलखा जिल्लामा रहेको कालिञ्चोक प्राकृतिक रुपमा सुन्दर ठाउँ हो । यहाँबाट प्रकृतिको हरियालीसँगै हिमाली दृश्य राम्रोसँग देखिन्छ । धार्मिक आस्था भएकाहरु कालिञ्चोक भगवती मन्दिरको दर्शन गर्न जाने गर्छन् । यहाँबाट विभिन्न हिमशृंखलाहरु समेत देख्न सकिन्छ ।

हिन्दु धर्माबलम्बीहरुको विशेष आस्थाको केन्द्र जनकपुरधाम पर्यटकीय नगरी मध्ये एक हो । प्राचीन मिथिलाको राजधानी एवं त्रेता युगका भगवान राम र आदर्शनारी सीताबिचको सम्बन्धले जनकपुरको महत्वलाई झनै बढाइदिएको छ । मिथिलामा दिनहुँ कुनै न कुनै चाडपर्व परिरहन्छ । त्यसको अवसरमा यहाँ रहेको मठ मन्दिर, तालतलैया, पाटीपौवा र कुट्टीहरुमा भजन किर्तन, पूजाआजाले भान हुन्छ ।

जिरी

जिरी नेपालको स्वीटजरल्याण्डको नामाले प्रख्यात छ । दोलखा जिल्लाको प्रमुख र आकर्षक गन्तव्य हो, जिरी । तामाकोशी नदी, मनमोहक हरियाली र झरना तथा परम्परागत बस्तीले जिरीलाई रमणीय बनाएका छन् । जिरी सगरमाथा प्रवेशद्वारका रुपमा पनि परिचित छ । यहाँबाट सगरमाथाका लागि पदयात्रा सुरु हुन्छ ।

पुनहिल

पुनहिल नेपालको मुख्य र सबैभन्दा आकर्षक पदमार्ग घान्द्रुक–घोरेपानी–पुनहिल रहेको छ । पुनहिलमा पुगेर दर्जनौ हिमश्रृंखला हेर्न सकिने भएकोले उक्त क्षेत्रको भ्रमणमा जाँदा रमाईलो हुन्छ ।

इलाम
नेपालको पूर्वी क्षेत्रमा रहेको इलामको मुख्य आकर्षण भनेको चिया बगान हो । रमणीय स्थानमा रहेको बगानले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्दै आएको छ । इलामको सकन्दपुरबाट सगरमाथा, कन्चनजंघाजस्ता हिमशृंखला हेर्न सकिन्छ ।

एभरेष्ट बेस क्याम्प

माउन्ट एभरेष्ट चढ्न नसकेपनि माउन्ट एभरेष्ट चढेको झल्को दिने गरि एभरेष्ट बेस क्याम्प सम्म भने ट्रेकिङ गर्न सकिन्छ ।
यो ट्रेकिङ गर्ने हरेकले आफै सगरमाथा चढेको अनुभव गनै गरेका छन् । । १६ दिन लामो ट्रेकमा सुन्दर लालिगुराँसको जङ्गलहरु, ढुंगाको पर्खाल लगाइएको सुन्दर शेर्पा गाँउहरुमा पुग्न सकिन्छ । शेर्पाहरुको यो भूमिबाट नाम्चे, पोत्र्से गाँउ लगाएतका सुन्दर गाँउ हुँदै अगाडी बढ्दा जादुमयी एभरेष्ट र नुप्त्से हिमालहरुको दृश्यावलोकन गर्न सकिन्छ ।

अन्नपूर्ण पदमार्ग

तस्वीर गूगल

पदयात्राका लागि विश्वकै उत्कृष्ट गन्तव्यस्थल हो अन्नपूर्ण पदमार्ग । लमजुङ सदरमुकाम बेसीशहरलाई अन्नपूर्ण पदयात्रा मार्गको प्रवेशद्वारको रुपमा चिनिने गरिन्छ । बेसीसहरबाट खुदी, भुलभुले, ङादी, स्याँगे, जगत हुँदै मनाङ जिल्लाको बगरछाप, चामे, थोराङ पास हुँदै मुस्ताङ पुग्न सकिन्छ ।
अन्नपूर्ण पदमार्गको यात्रा मनाङ हुँदै थोराङपास गरेर मुक्तिनाथ, जोमसोम, बेनी अथवा घोरेपानीबाट पोखरा पुगेर टुङ्गिन्छ । पदयात्राका सौखिनका लागि यो उपयुक्त गन्तव्यस्थल हो ।

कोशी टप्पु

कोशी टप्पु वन्यजन्तु आरक्ष चरा अवलोकन गर्नेहरुका लागि उपयुक्त गन्तव्यस्थान हो । कोशीटप्पु सुनसरी, सप्तरी र उदयपुर जिल्लामा फैलिएको छ ।
कोशी टप्पुलाई अर्नाको राजधानी र चराहरूको स्वर्गका रुपमा चिनिने गरिएको छ । तमोर, अरुण, दूधकोशी, तामाकोशी, सुनकोशी, लिखु र इन्द्रावती मिसिएको सप्तकोशी यहाँको अर्को आकर्षण हो ।

यस्तै पशुपतिनाथ मन्दिर, बौद्ध बिहार, सुन्दरीजल घान्द्रुक, दोलखा चरिकोट भिमेश्वर लगायतका ठाउँहरु घुम्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?