दशैंको मुखैमा घट्यो सुनको मुल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य १ हजार रुपैँयाले घटेको छ । बुधवार प्रतितोला सुनको मुल्य ७२ रुपैँयामा हजारमा कारोबार भएको थियो । तर बिहिबार उक्त मुल्य घटेर ७१ हजारमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यबसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मुल्य पनि २५ रुपैयाँले घटेको छ । हिजो प्रतितोला चाँदीको मुल्य ८ सय ९० मा कारोबार भएको थियो । तर आज मुल्यमा कमि आइ ८ सय ६५ मा कारोबार भइरहेको पनि संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?