नेपाल आईडलका बुद्ध लामाले ‘आफूभन्दा जेठी’ केटी रोजेपछि… (भिडियो सहित)

काठमाडौं । नेपाल आईडल पहिलो सिजनका विजेता गायक बुद्ध लामाको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘आफूभन्दा जेठी’ बोलको गीतमा गायक लामा र समीक्षा कोइरालाको स्वर रहेको छ भने मनोज सिग्देलको शब्द तथा दीपक राजको संगीत रहेको छ ।

गीतको भिडियोमा मनोज सिग्देल, सम्पदा बानिँया लगायतको अभिनयलाई देख्न सकिन्छ । सिमोन श्रेष्ठ र युद्ध लामाको कोरियोग्राफी रहेको गीतलाई सोनिया श्रेष्ठले निर्देशन गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?