प्रदेश १ सरकारको आयोजनामा कात्तिकमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुँने

विराटनगर । प्रदेश १ सरकारले सुनसरीको धरानमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव गर्ने निर्णय गरेको छ । प्रदेश १ लाई चलचित्रको नगरी बनाउन छायांकन स्थलको पहिचान, चलचित्र छायांकन स्थलको निर्माण तथा प्रदेशका जातजातिको विविधता झल्काउन पहिलो पटक महोत्सवको आयोजना गर्न लागिएको प्रदेश १ सरकारले जनाएको छ ।

प्रदेश सरकार र चलचित्र विकास बोर्डको आयोजनामा हुने चलचित्र महोत्सवको सह–आयोजकमा धरान उपमहानगरपालिका रहने छ । महोत्सवलाई स्वीस विकास नियोगले समेत सहयोग गर्ने बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा चलचित्र महोत्सव मूल आयोजक समितिका अध्यक्ष तथा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिनुभयो ।

महोत्सवमा चलचित्रको इतिहास, वर्तमान र भविष्यको समेत पहिचान गर्नेगरी कार्यक्रम हुनेछ । चत्रचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले आउँदो कात्तिक २२, २३ र २४ गते हुने चलचित्र महोत्सवमा देश र विदेशका २५ चलचित्र प्रदर्शन गरिने जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?