अस्मिताको नयाँ गजल गीत ‘त्यो जुनली रात’ सार्वजनिक (भिडियो सहित)

काठमाण्डौं । नेपाल आईडलबाट चर्चामा आएकी गायिका अस्मिता अधिकारीको आवाजमा नयाँ गजल ‘त्यो जुनेली रात’ सार्वजनिक गरिएको छ। गीतमागजलकार सुरेश वाग्लेका प्रेमिल शब्द, अर्जुन पोखरेलको संगित तथा गोपाल रसाइलीको संगीत संयोजन रहेको छ ।

गजलको सार्वजनिक भिडियोमा गायिका अधिकारी स्वयंको अभिनय रहेको छ। भिडियोमा अस्मितासँगै मोडल पुस्कर कार्कीलाई पनि देख्न सकिन्छ । निकेश खड्काको निर्देशनमा बनेको भिडियोमा अस्मिता र पुस्करको प्रेमिल यात्रा प्रस्तुत छ।

नेपाल आइडलको यात्रापछि नेपाली स्रोतामाझ प्रिय बनेकी अस्मिताले गजलका सन्दर्भमा बोल्दै मिठो शब्दले भरिएको गजलसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला

https://www.youtube.com/watch?v=Z02bkszws3c

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?