प्रदेश १ को वर्षे अधिवेशन सकियो, के–के भयो ६२ घण्टामा ?

विराटनगर । जेठ १३ गतेदेखि सुरु भएको प्रदेश १ को वर्षे अधिबेशन बुधबारब्ँट अन्त्य भएको छ । बजेट तथा वर्षे अधिवेशन १४ वटा विधेयक पारित गर्दै अन्त्य भएको हो । यो सँगै प्रदेश १ सरकारले जम्मा ३९ कानून निर्माण गरेको छ ।

प्रदेश १ को वर्षे अधिवेशनले प्रदेश लोक सेवा आयोग, जाँचबुझ तथा अनुसन्धान आयोग, भवन निर्माण, सहकारी, स्वायत्त सँस्था गठनसम्बन्धी विधेयक पारित गरेको छ । यस्तै, गाउँ सभा र नगर सभा सञ्चालन, प्रदेशको सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधि, विनियोजन र आर्थिक कार्यविधिलगायत विधेयक पारित भएका छन् ।

वर्षे अधिवेशनले अधिवेशनबाट प्रदेशसभामा टेबल भएका सबै विधेयक पारित भएको सभामुख प्रदीप भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार, ५३ बैठक बसेको वर्षे अधिवेशनल कूल ६२ घण्टा सञ्चालन भएको छ ।

बुधबार बसेको वर्षे अधिबेशनको अन्तिम बैठकमा सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रदेश सभाबाट पारित विधेयक र तिनको कार्यान्वयनमा सरकार प्रतिबद्ध भएर लाग्ने दाबी गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?