हतियारसहित काठमाडौंबाट ४ जना पक्राउ

काठमाडौं । प्रहरीले पेस्तोल सहित ४ जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको प्रहरी टोलीले काठममाडौं महानगरपालिका-९ शम्भुमार्ग स्थित एभरेष्ट होलीडे ईन होटलको ४०४ नम्बर रूमबाट बालुवाटार बस्ने उदयपुर कटारीका भिम सुर्खेती, लाजिम्पाट बस्ने सिन्धुलीका भिम बहादुर माझी, बल्खु बस्ने सिन्धुलिकै प्रदिप माझी र सितापाईला बस्ने लोकेन्द्र बहादुर आलेलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले पेस्तोल १ थान, म्यागजिन १ थान र सोही पेस्तोलमा लाग्ने गोली ६ राउण्ड बरामद गरेको जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?