मोबाइल इन्टरनेट डाटाको स्पीड टेस्ट : दक्षिण कोरिया शिर्ष स्थानमा

काठमाडौं । मोबाइल इन्टरनेट डाटाको स्पीड मापन गर्ने कम्पनी ऊक्लाले विश्वका अधिकाशं देशको मोबाइल इन्टरनेट स्पीडको तुलनात्मक अध्ययन गरेर ‘स्पीडटेस्ट ग्लोबल इन्डेक्स’ रिपोर्ट सार्वजनिक गरेको छ ।

रिपोर्टमा मोबाइल इन्टरनेट स्पीडको तुलनात्मक सुचिमा भारत १३१औं स्थानमा छ । यो सुचिको शिर्ष स्थानमा दक्षिण कोरिया छ । १४५ देश सामेल उक्त रिपोर्टको शिर्ष स्थानमा रहेको दक्षिण कोरियाको औसत इन्टरनेट स्पीड १११ एमबीपीएस छ ।

रिपोर्ट अनुसार भारतको औसत इन्टरनेट स्पीड १०.६५ एमबीपीएस मात्रै छ । सुचिमा भारत अन्य दक्षिण एशियाली मुलुकहरु नेपाल, पाकिस्तान र श्रीलंकाभन्दा पछि रहेका छन् ।

दक्षिण एशियाली देशमध्ये सबैभन्दा तीव्र गतिको इन्टरनेट रहेको श्रीलंकाको औसत इन्टरनेट स्पीड २२.०४ एमबीपीएस छ भने पाकिस्तानको १३.०८ एमबीपीएस छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?