विप्लवका बागलुङ जिल्ला सेक्रेटरी पक्राउ

काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टिका बागलुङ जिल्ला सेक्रेटरी पक्राउ परेका छन् । प्रहरीले जिल्ला सेक्रेटरी राम बहादुर कुँवर नविनलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बागलुङ र प्रहरी चौकी खर्वाङको संयुक्त टोलीले कुँवरलाई पक्राउ गरेको बताइएको छ ।

बडिगाड गाउँपालीका वडा नम्बर ५ रेमीस्थित आफ्नै निवासबाट कुवँर पक्राउ परेको प्रहरीले जानाएकाे छ । मंगलबार साँझ ५ बजे पक्राउ परेका कुँवरलाई जिल्ला प्रहरी कार्यालयमा राखी अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?