काठमाडौँ, २४ पुस — विशेष अदालतले स्वास्थ्य सेवा विभागका दुई निर्देशकसहित १४ जनालाई भ्रष्टाचारको आरोपमा सफाइ दिएको छ । अध्यक्ष बाबुराम रेग्मी र सदस्यहरू चण्डीराज ढकाल र प्रमोदकुमार श्रेष्ठको इजलासले बालबालिकाको खोप अभियान सञ्चालनका क्रममा फर्जी कागजात पेस गरेको आरोप खेपेका विभागका निर्देशकहरू श्यामराज उप्रेती, तारानाथ पोख्रेललगायतलाई सफाइ दिएको हो अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध १ करोड १२ लाख रुपैयाँ भ्रष्टाचार गरेको अभियोग लगाएर २०७१ साल कात्तिक १७ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सफाइ पाउनेमा दुई निर्देशकसहित अधिकृतहरू दीपक तिमिल्सिना, ठाकुर बस्नेत, लीलाविक्रम थापा, प्रेमकुमार श्रेष्ठ, शम्भुबाबु तिवारी, शंकर आचार्य, शंकरदेव जोशी, दीपकराज चौलागाईं, डिकबहादुर बिष्ट, हरि अधिकारी, महेन्द्रकुमार शर्मा र तेजप्रकाश प्रसाईं छन् । कामै नगरी फर्जी कागजातका आधारमा बजेट दुरुपयोग गरेको भन्दै अख्तियारले उनीहरूलाई भ्रष्टाचारको आरोप लगाएको थियो, कान्तिपुरमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया