आज पनि सुन ६ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन प्रति तोलामा ६ सय रुपैयाँले बढेको छ। मंगलबार एक सय रुपैयाँले बढेर ७१ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार ६ सयले बढेर ७२ हजार रुपैयाँ कायम गरिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ।आज चाँदी तोलाको ८९० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी तोलाको ८८५ रुपैयाँमा कारोबार भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?