‘दादा साहेव फाल्के अवार्ड’ अमिताभ बच्चनलाई प्रदान गरिने

एजेन्सी । भारतीय फिल्मको सबैभन्दा ठूलो सम्मान ‘दादासाहेव फाल्के अवार्ड’ अमिताभ बच्चनलाई प्रदान गरिने भएको छ । भारतका सूचना तथा प्रशारणमन्त्री प्रकाश जावेदकरले ट्वीट गर्दै यो अवार्डको घोषणा गरेपछि अहिले अभिनेता बच्चनलाई संसारभरबाट बधाई आएको बताइएको छ ।

अवार्डको घोषणाले आफू कृतज्ञ भएको भन्दै अभितावले पनि ट्वीट गर्नुभएको छ । हात जोडिएको फोटोसहित ट्वीटमा उहाँले आफू कृतज्ञ रहेको प्रतिक्रिया दिनुभएको छ । ७६ वर्षको उमेरसम्म पनि बच्चन अझैं फिल्ममै सक्रिय हुनुहुन्छ ।

भारतीय सिनेमा विकासमा उत्कृष्ट योगदानका लागि यो अवार्ड दिने गरिन्छ। भारतीय सिनेमा क्षेत्रमा यो सबैभन्दा उच्च सम्मानित पुरस्कार हो। भारतीय सिनेमाका पिता मानिने ढुण्डिराज गोविन्द फाल्केको स्मरणमा यो सम्मान दिइन्छ। उहाँलाई दादा साहेव उपमा दिइएको छ।

यो अवार्डका लागि स्वर्ण कमल तथा दश लाख नगद पुरस्कार छ। सबैभन्दा पहिला यो अवार्डबाट भारतीय अभिनेत्री देविका रानीलाई प्रदान गरिएको थियो। अहिलेसम्म सम्मान राज कपुर, शशी कपुर, विनोद खान, लता मगेंशकर, आशा भोस्लेलगायत कलाकारहरुले प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?