सलमानबारे के भन्छिन् दिशा पटानी

काठमाडौं । बलिउडमा अभिनेता सलमान खानको फ्यान फ्लोइङ त छ नै, बलिउडमाझ पनि उनको अलग्गै पहिचान रहेको छ । बलिउडकर्मीमाझ सलमानले आफूलाई सहयोगी र उदार हृदयको छविमा प्रस्तुत गर्दै आएका छन् । त्यसो त कुनै बेला अभिनेत्री ऐश्वर्या रायसँगको प्रेम असफल भएपछि पागल प्रेमीका रूपमा भड्किएका सलमानले त्यसपछि भने आफूलाई सम्हाले ।

सलमानले बलिउडमा नयाँ कलाकारलाई इन्ट्री दिएर स्थापित नै गराइदिने ल्याकत त राख्छन् नै, करिअर बिग्रिएकालाई समेत मौका दिएर उद्दार गरिदिन्छन् । सलमानको अपोजिटमा फिल्म खेल्नु प्रायस् नायिकाहरूको सपना हुने गर्छ । केहीअघि मात्र रिलिज फिल्म भारतमा अभिनेत्री दिशा पटानीले पनि सलमानसँग छोटो भूमिकामा काम गर्ने मौका पाएकी थिइन् । हालै उनले सलमानसँग काम गर्दाको अनुभव मिडियासामू साझेदार गरेकी छन् ।

मलाई सुरुवातमा धेरैजनाले सलमान खान डरलाग्ने र अप्ठ्यारो पर्सनालिटी भएको सेलिब्रेटी हो भनेर चिनाएका थिए, दिशाले भनेकी छन् तर काम गर्दै जाँदा मलाई त्यस्तो लागेन । बरु एकदमै स्विट, प्यारो र विनम्र स्वभावको पाएँ । र, ठट्यौला स्वभावका पनि रहेछन् । उनी मलाई आफ्नो धरातल नछोडेको स्टार लाग्यो ।

दिशाले सलमानलाई सान्टा क्लजको संज्ञा दिँदै भनिन्, ‘उनी फिल्मको सेटमा सान्टा क्लज नै हुन् । उनी जसको सहयोगका लागि पनि तयार भइहाल्छन् । उनी पारिवारिक पनि छन् । धेरै मान्छेहरू उनीकहाँ आफ्ना समस्या लिएर आउने रहेछन् । बागी २ फेम अभिनेत्री दिशा यतिबेला भने आदित्य रोय कपुरसँग फिल्म मंलगमा काम गरिरहेकी छन् । जुन फिल्म २०२० को भ्यालेन्टाइन्स डेमा रिलिज हुने बताइएको छ । कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?