१० आश्विन २०७९, सोमवार

त्रिविका उपकुलपति कांग्रेसका अन्तर्घाती , अरू को-को ?

२०७४,भाद्र,२८,बुधबार ०१:४२

18
Shares

काठमाडौँ, २८ भदौ- स्थानीय तह निर्वाचनमा आफ्नै उम्मेदवारविरुद्ध घात गर्ने कांग्रेसी कार्यकर्ताको सूचीमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. तीर्थ खनियाँ पनि परेका छन् । कांग्रेस महासमिति सदस्यसमेत रहेका खनियाँले चितवनमा पार्टीका उम्मेदवारविरुद्ध अन्तर्घात गरेको उजुरी परेको थियो । कांग्रेसको अनुशासन समितिले प्रारम्भिक अनुसन्धानपछि डा. खनियाँसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ, आजको नयाँ पत्रिकामा खबर छ ।कांग्रेसमा अन्तर्घात गर्नेको सूचीमा बहालवाला जिल्ला सभापति, सांसद, पूर्वकेन्द्रीय सदस्यसम्म छन् । अनुशासन समितिको पहिलो बैठकले उनीहरूसहित सबैलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । त्यस्तै, उम्मेदवारलाई असहयोग गर्नेमाथि उजुरी दिन १० असोजसम्मको समय पनि दिएको छ ।अहिलेसम्म छानबिन अघि बढाइएकोमा डडेल्धुरा जिल्ला सभापति कर्ण मल्ल, दैलेख जिल्ला सभापति कृष्ण बिसी, जुम्लाका सांसद ललितजंग शाही, जुम्लाका सभापति जितबहादुर शाही, रुकुमकी सांसद मिठु मल्ल छन् । उनीहरूमाथि जिल्लाभित्रका स्थानीय तहका कांग्रेसका उम्मेदवारलाई हराउन सक्रिय भएर लागेको उजुरी परेको हो ।सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरा सभापति कर्णविरुद्ध अमरगढी नगरपालिकामा कांग्रेसलाई हराउन लागेको आरोप लागेको छ ।पूर्वकेन्द्रीय सदस्य जुम्लाका दीनबन्धु श्रेष्ठ, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. तीर्थ खनियाँसम्म छन् । पूर्वसांसद तीर्थ भुसाललाई पनि स्पष्टीकरण सोधिएको छ । भुसाललाई चितवनको माडी नगरपालिकामा कांग्रेस उम्मेदवारलाई हराउन सक्रियता देखाएको आरोप छ । कांग्रेस महासमिति सदस्य खनियाँलाई चितवनको एक नगरपालिकामा अन्तर्घात गरी कांग्रेस उम्मेदवारलाई हराउन लागेको आरोप छ । कैलालीका महासमिति सदस्य पदमराज भट्ट र लक्ष्मीराज पाठकविरुद्ध पनि उजुरी परेको छ । दैलेख जिल्ला अनुशासन समितिले जिल्ला सभापति र सचिवलाई कारबाही गरिसकेको भन्दै अनुमोदन गर्न केन्द्रमा पठाएको छ ।गत संविधानसभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै कांग्रेस अनुशासन समितिले नेतृ सुजाता कोइरालालाई कारबाही गरेको थियो । तीन महिना निलम्बन गरेको केही समय भुक्तान भए पनि पछि पार्टीले बाँकी समय मिनाहा गरिएको थियो ।

प्रकाशित मिति: २०७४,भाद्र,२८,बुधबार ०१:४२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले तालिममार्फत दक्ष जनशक्ति निर्माणका लागि निजी क्षेत्र आफैँ जागरुक हुनुपर्ने बताएका

काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर स्वर्णिम वाग्लेले नेपालमा योजना बनाउँदा थिङ्क ट्याङ्कहरुको पृष्ठपोषण गर्न जरुरी रहेको बताएका

काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले शनिवार (हिजो) आफ्ना १७ वटै शाखा कार्यालय क्षेत्र वरपर रहेका सांस्कृतिक र धार्मिक स्थलहरुमा सरसफाई

धनगढी । कैलालीमा माछा मार्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । जिल्लाको जोशीपुर गाउँपालिका १ बडहरीया बस्ने नर

ताजा समाचार

चाडवाड लक्षित ‘रुट परमिट’ खुल्यो
 २०७९,आश्विन,१०,सोमवार ०७:२३