प्रेम परियारले गाए चलचित्र ‘पोइ पर्याे काले’ को गीत

काठमाडौं । चलचित्र ‘नाई नभन्नु ल २’ को ‘मर्ने कसैलाई रहर हुँदैन’ बोलको गीतबाट चर्चामा आएका बाल गायक प्रेम परियारले नयाँ गीत रेकर्ड गराउँनु भएको छ । गायक परियारले चलचित्र ‘पोइ प-यो काले’को गीतमा आफ्नो आवाज दिनुभएको हो । उहाँले चलचित्रको ‘मायाले मलाइ’ बोलको गीत आफ्नो स्वर दिनुभएको हो ।

केही समय फिल्मको गीत गायनबाट ओझलमा रहेका परियारले पढाइका कारण र स्वरमा परिववर्तनका कारण केही समय आवाज नदिएको प्रष्टिकरण दिनुभएको छ । रघु परियारको शब्द रहेको गीतमा पुरुषोत्तम न्यौपानेको संगीत रहेको छ । यो गीतमा फिल्मका दुई मख्य कलाकार नायक सौगात मल्ल र नायिका पूजा शर्मालाई फिचरिङ गरिएको छ ।

शिशिर राणाको कथा तथा निर्देशनमा तयार भएको फिल्मका प्रस्तुतकर्ता किरण नेपाली हुनुहुन्छ । फिल्मका निर्माता दिपक मनाङ्गे (राजिव गुरुङ) सरोज नेपाली, अमलादेवी राई र देव तामाङ रहेका छन् । आकाश श्रेष्ठ, श्रृष्टी श्रेष्ठ, सोहित मानन्धर लगायतका कलाकारको पनि फिल्ममा मुख्य भूमिका रहेको छ । कात्तिक ८ गतेबाट रिलिज हुने फिल्म कमेडी जनरामा निर्माण भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?