राष्ट्रकवि १०१ वर्ष पुग्दा सम्मान, सबै नेपालीलाई दिए धन्यवाद

appharu
0
Shares

काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरे आज १०१ वर्ष पुगेका छन् । मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानले राष्ट्रिय नाचघरमा आयोजना गरेको १०१ औँ कार्यक्रममा राष्ट्रकवि घिमिरेलाई सम्मान गरियो । राष्ट्रकवि घिमिरेको जन्म १९७६ मा आजैको दिन लमजुङ, पुस्तुनमा भएको हो ।

सो अवसरमा प्रतिष्ठानद्वारा प्रकाशित जन्मशताब्दी विशेषाङ्क लोकार्पण गरियो । राष्ट्रकविलाई शुभकामना व्यक्त गर्न उनको निवास लैनचौरमा बिहानदेखि नै समाजका विभिन्न क्षेत्रका व्यक्तिको घुइँचो लागेको थियो । समारोहमा कवि घिमिरेले आफ्ना कविता रुचाउने सबै नेपालीप्रति कृतज्ञता र धन्यवाद प्रकट गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?