विश्ववादीहरूले नजित्ने ट्रम्पको दाबी

appharu
0
Shares
तस्वीर गूगल

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी व्यवस्थामाथि नयाँ आक्रमण गर्दै विश्ववादीहरूले नजित्ने बताउनुभएको छ ।

राष्ट्रसंघमा सम्वोधन गर्दै उहाँले भन्नुभयो, “भविष्य विश्ववादीको नभै देशभक्तको हुनेछ ।”

उहाँले थप्नुभयो, “भविष्य आफ्ना नागरिकको भलो चिताउने र सुरक्षा प्रदान गर्ने सार्वभौम तथा स्वतन्त्र मुलुकहरूको हो । उनीहरूका छिमेकीलाई आदर गर्नुस् । मतभिन्नताहरूलाई सम्मान गर्नुस् ।

यसबाट हरेक मुलुकलाई विशेष र भिन्न बनाउनेछ ।”

“बषौँसम्म यी व्यापार तनावहरू सहियो, वेवास्ता गरियो वा अझ प्रोत्साहन गरियो,” ट्रम्पले सम्वोधनमा भन्नुभयो । उहाँले थप्नुभयो, “विश्वका नेताहरूलाई विश्वव्यापीकरणले उनीहरूको आफ्नो हितलाई बिर्सन उद्दत गरेको छ ।”

उहाँले इरानले आफ्नो व्यवहार नसच्चाएसम्म नाकावन्दी जारी रहने बताउँदै अमेरिकाको आलोचना गर्ने मुलुकहरू र त्यहाँका गतिविधिप्रति पनि विरोध जनाउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?