मुलुकमा बढ्दो भ्रष्टाचार नियन्त्रणका लागि खवरदारी गर्न संचार माध्यमलाई आग्रह

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा बढ्दो भ्रष्टाचार नियन्त्रणका लागि खवरदारी गर्न संचार माध्यमहरुलाई पनि आग्रह गर्नु भएको छ । उपराष्ट्रपति पुनले नागरिक अधिकारको रक्षा गर्ने दायित्व पनि संचार माध्यमहरुले पूरा गर्न सक्ने पनि स्मरण गराउनु भयो ।

मंगलबार काठमाडाैंमा आयोजित ‘हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार’ समारोहलाई सम्बोधन गर्दै उहाँले संविधानप्रदत्त पूर्ण प्रेस स्वतन्त्रताको उपभोग गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढिकरण तथा ‘समृद्धि नेपालः सुःखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई पूरा गर्न महत्वपूर्ण योगदान पु¥याउन पनि संचार क्षेत्रले उल्लेखनीय योगदान पु¥याउनुपर्नेमा जोड दिनु भयो । उपराष्ट्रपति पुनले त्यस अवसरमा नेपालका संचार क्षेत्रले मुलुकको राजनीतिक परिवर्तन तथा आर्थिक–सामाजिक रुपान्तरणको क्षेत्रमा खेल्दै आएको भूमिकाको पनि खुलेर प्रशंशा गर्नु भयो ।

कार्यक्रममा नेपाल टेलिभिजनका पत्रकार नेत्र पौडेललाई २५,५०० नगदसहितको ‘हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारितन पुरस्कार–२०७६’ बाट सम्मान गरिएको थियो । नेपाल टेलिभिजन, नेपाल पत्रकार महासंघ प्रतिष्ठान शाखाले २०६३ साल असोज ७ गते आजकै दिन ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन हुनु भएका नेपाल टेलिभिजनमा कार्यरत पत्रकारद्धय हेमराज भण्डारी र सुनिलकुमार सिंहको स्मृतिमा सो पुरस्कार स्थापना गरेको हो । सो दुर्घटनामा परी भूगोलविद् हर्क गुरुङसहित प्रकृति संरक्षणको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका व्यक्तिहरुलाई मुलुकले गुमाउनु परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?