रोजगारीको सृजना हुने क्षेत्रमा लगानी बढाउन अन्तर्राष्ट्रिय दातृ निकायलाई आग्रह

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले रोजगारीको सृजना हुने क्षेत्रमा लगानी बढाउन अन्तराष्ट्रिय दातृ निकायहरुलाई आग्रह गर्नु भएको छ ।

मन्त्री विष्टले श्रमिकको हित हुने गरी रोजगारीको अवसर सृजना गर्न नेपाल सरकार प्रतिवद्ध रहेको पनि बताउनु भयो ।

मंगलबारबाट काठमाडौंमा सुरु भएको विश्व ट्रेड युनियन महासंघ अन्तरगतको ‘एशीया प्रशान्त क्षेत्रीय सम्मेलन’ को उद्घाटन गर्दै उहाँले विश्वमा युद्ध र युद्धमा प्रयोग हुने हतियारका लागि गरिएका सबै लगानी रोजगारीको अवसर सृजना गरेर मानव जातिको हित र कल्याणका लागि उपयोग गर्नुपर्ने पनि स्पष्ट पार्नु भयो । मन्त्री विष्टले उत्पादन र उत्पादकत्व वृद्धि गर्दै एशीया प्रशान्त क्षेत्रको श्रमिकको हितमा काम गर्न नेपाल सरकार तयार रहेको पनि बताउनु भयो ।

मन्त्री विष्टले नेपालले सबै श्रमिकहरुलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने कामलाई तीव्रता दिएको दावी पनि गर्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?