प्रचार सामाग्रीमा गाइको फोटो राखिएकोमा पशु सेवा विभागले माग्यो माफी (विज्ञप्तीसहित)

appharu
0
Shares
तस्वीरःगूगल

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गतको पशु सेवा विभागले पशुपंक्षीजन्य उत्पादनको उपभोगलाई गुणस्तरीय बनाउन तयार पारिएको प्रचार सामग्रीमा राष्ट्रिय जनावर गाईको तस्बिर राखिएकोप्रति क्षमा मागेको छ ।

दुध, अण्डा तथा मासुजन्य बस्तुको प्रचारप्रशारको लागी भन्दै निकालिएको प्रचार सामाग्रीमा राष्ट्रिय जनावर गाइपनि समावेश भएकोमा माफि मागेको हो । उक्त घटना पश्चात सर्वसाधारणबाट व्यापक बिरोध आएपछि एक विज्ञप्ती निकाल्दै पशु सेवा बिभागले माफी मागेको हो ।

विज्ञप्तिमार्फत् नै प्रचार–प्रसारका लागि तयार पारिएका पोस्टरहरुमध्ये एउटा पोस्टरमा छपाईको त्रुटिका कारणले गाईको तस्बिर भूलवश पर्न गएको विभागका महानिर्देशक डा. वंशी शर्मा बताउनुभयो । राष्ट्रिय पशु आहारा तथा लाईभस्टक गुण व्यवस्थापन प्रयोगशाला हरिहरभवनको बा २ झ ३८११ नम्बरको भ्यानमा पशुपंक्षीजन्य उत्पादनहरुको उत्पादन, प्रशोधन तथा उपभोगलाई गुणस्तरीय बनाउने उद्देश्यले टाँसिएको पोस्टरमा राष्ट्रिय जनावर गाईको तस्बिर देखिएपछि सामाजिक सञ्जालमा विभागको व्यापक आलोचना भइरहेको छ ।

“हाल उक्त त्रुटि सच्याईसकिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराउँदै प्राविधिक कारणले हुन गएको र त्रुटिप्रति पशु सेवा विभाग हार्दिक क्षमा याचना गर्दछ,” विभागका महानिर्देशक शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?