७ आश्विन २०७६, मंगलवार १४:२०

वैदेशिक रोजगारमा देखिएका सबै समस्या समाधान गर्न सरकार प्रतिवद्ध छ : ईश्वर पोखरेल


प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलवार १४:२०

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले वैदेशिक रोजगारको क्षेत्रमा देखिएका सबै समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ ।

उपप्रधानमन्त्री पोखरेलले वैदेशिक रोजगारको क्षेत्रमा देखिएका समस्याहरुलाई समाधान गर्ने कामको नेतृत्व आफूले गर्ने दावी समेत गर्नु भयो । मंगलबार काठमाडौंमा आयोजित नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २७ औं वार्षिक साधारणसभालाई उद्घाटन गर्दै उहाँले वैदेशिक रोजगारको क्षेत्रमा देखिएका सबै समस्याहरुलाई स्वागत गर्दै समाधान गर्न सरकार लागिपर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । तर त्यसका लागि व्यवसायीहरुले समाधानको उपायसहित समस्या लिएर सरकारसँग आउनुपर्ने उपप्रधानमन्त्री पोखरेलको भनाई छ । ‘आफ्ना समस्याहरु समाधानको उपायसहित लिएर सरकार कहाँ आउन म वैदेशिक रोजगार व्यवसायीहरुलाई आग्रह गर्दछु,’ उपप्रधानमन्त्री पोखरेलको भनाई थियो, ‘ती समस्या व्यवसायीसँगै बसेर समाधान गर्न सरकार प्रतिवद्ध छ ।’ उपप्रधानमन्त्री पोखरेलले वैदेशिक रोजगार व्यवसायीको मनमा केही चोट परेको भए त्यसमा मलम लगाउने पनि बताउनु भयो ।

कार्यक्रममा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगार व्यवसायीहरुको सुझावलाई सरकारले सधैं आत्मासात गर्दै अघि बढेको दावी गर्नु भयो । उहाँले वैदेशिक रोजगार व्यवसायीहरुको धरौटीवापतको रकमबाट ब्याजको व्यवस्था गरी उनीहरुको स्वास्थ्य उपचारको समेत व्यवस्था सरकारले गरेको पनि स्मरण गराउनु भयो । वैदेशिक रोजगार व्यवसायसम्बन्धि आएको समस्याको समाधान राजनीतिक तहमा सर्वसम्मतिका आधारमा सरकारले गर्ने गरेको पनि मन्त्री विष्टको दावी छ ।

मन्त्री विष्टले वैदेशिक रोजगार व्यवसायलाई मर्यादित बनाउन सरकारले सबै राजनीतिक दलहरुसँग पनि निरन्तर छलफल गरिरहेको बताउनु भयो ।

Tags:

प्रतिक्रिया दिनुहोस
कम्युनिष्टहरु एकै ठाउँमा आउनुपर्छ : मन्त्री यादव

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले मुलुकको विकासका लागि नेपालका सबै कम्युनिष्ट शक्तिहरु

सांसद पार्वत गुरुङलाई साधारण तारेखमा रिहा गर्न अदालतको आदेश

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सांसद पार्वत गुरुङलाई साधारण तारेखमा रिहा गर्न अदालतले

सांसद रेशम चौंधरीलाई तत्काल रिहा गर्न आदिवासी जनजाति महासंघको माग

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघले सांसद रेशमलाल चौंधरीलाई तत्काल रिहा गर्न माग

घरमै पुगेर वृद्धभत्ता दिँदै जनप्रतिनिधि

काठमाडौं । जिल्लाको पूर्वी क्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिकाका वडाध्यक्ष वीरेन्द्रबहादुर चन्दसहितको वडा