सरकारमै बसेर संविधानको विरोध गर्नु निर्लज्जताको नग्न पराकाष्ठा : गगन थापा

जनकपुर । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले सरकारमा बसेर संविधानको विरोध गर्नु निर्लज्जताको पराकाष्ठा भएको टिप्पणी गर्नुभएको छ । मङ्लवार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा नेता थापाले प्रदेश नम्बर २ को सरकारतर्फ संकेत गर्दै सरकारमै बसेर बिरोधाभाष अभिव्यक्ति दिनु निर्लज्जताको नग्न पराकाष्ठा भएको बताउनुभएको हो ।

उपप्रधानमन्त्री समेत रहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग भिड्न नसक्ने प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउत सरकारमै बसेर बिरोधाभाष अभिव्यक्ति दिनु निर्लज्जताको नग्न पराकाष्ठा भएको टिप्पणी गर्नुभयो । उहाँले अधिकारको नाममा लडिरहेको देखाउन जनतालाई भ्रममा नपार्न प्रदेश सरकारलाई आग्रह गर्दै आफ्ना अध्यक्षसँग लडेर संघीय सरकारबाट हटेर देखाउन चेतावनी समेत दिनुभयो ।

फरक प्रसंगमा नेता थापाले अहिलेको संविधानमा केही कमिकमजोरी रहेपनि जनताको संविधान रहेको भन्दै संविधानको रक्षा गर्दै संशोधनका लागि काँग्रेस लागि पर्ने दाबी गर्नुभयो ।

त्यस्तै उहाँले प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल समेतले मुलुक र व्यवस्था खतरामा रहेको भन्नू लोकतान्त्रिक व्यवस्थालाई खतरामा पार्न आतुर रहेको आरोप लगाउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?