काठमाडौं । नवलपरासीमा कावासोतीमा भएका सवारी दुर्घटनामा परी मृत्यु हुने पाँचै जनाको सनाखत भएको छ । सोमबार राति सवा १० बजेको समयमा पूर्वी नवलपरासीको कावासोती–८ खरकट्टा जंगलस्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ८५३२ नंको ट्रक र विपरित दिशाबाट आउँदै गरेको बा २१ च ६४०९ नंको कार एक आपसमा ठोक्किँदा कारमा सवार ५ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा नवलपुरको देबचुली नगरपालिका १ केउरेनी बस्ने ३५ बर्षिय दिपक भनिने पूर्ण बहादुर बि.क, देवचुली ५ बस्ने दिल बहादु ढेगाँ मगर, देवचुली १० पृथ्वीनगरका दिपेश राना, सोहि ठाँउका हिरा राना र कैलालीका सुरज राना मगर रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया