ओपोको नयाँ मोडल ‘ओपो ए सिरिज’ नेपालमा, यस्ता छन् विशेषता (मुल्यसहित)

काठमाडौं । स्मार्टफोन ब्रान्ड ओपोले नेपाली बजारमा नयाँ मोडलका ओपो ए सिरिज २०२० सार्वजनिक गरेको छ । ओपो ए सिरिज २०२० अन्तर्गत सार्वजनिक ओपो एनाइन २०२० र ओपो एफाइभ २०२० मध्यम वर्गीय स्मार्टफोन बजारका लागि ब्राण्डको नयाँ हो। कम्पनीले सन् २०२० संस्करण अहिले नै ल्याएको हो।

ओपो ए सिरिज २०२० का स्मार्टफोनमा ५ हजार एमएच क्षमताको ब्याट्री रहेको छ। जसले निरन्तर १९ घण्टा चलाउन मिल्ने र ११ घण्टा एचडी युटुब भिडियो हेर्न सकिने र ७ घण्टा पब्जी खेल्न सकिने कम्पनीले जानकारी दिएको छ । यो सिरिजका स्मार्टफोनमा पछाडीको मुख्य क्यामेरा ४८ मेगापिक्सेलको छ।

यी फोनमा विशेषगरी ब्याट्री, क्यामेरा, डिजाइन र गुणस्तारका हिसाबले बिलकुल नयाँ प्रयोग गरिएको कम्पनीको दाबी छ।

विभिन्न रंगमा उपलब्ध हुने यो सिरिजका स्मार्टफोनमा १२८ जिबी मेमोरी हुने छ। तिनवटा कार्ड स्लट भएका यी फोनमा २५६ जिबीको मेमोरी कार्ड पनि राख्न मिल्ने छ।

नयाँ फोनले अदृतीय मनोरञ्जन प्रदान गर्दै दैनिक तनाव कम गर्न सघाउँदै जीवनका अनेक सम्भावना नियाल्न मद्दत गर्नेछ।ओपो एनाइन २०२० मा बहुउपयोगी क्वाड क्यामेरा सेटअप, ४८ एमपी मुख्य क्यामेरा प्लस ८ एमपी अल्ट्रा९वाइड लेन्स प्लस २एमपी मोनो लेन्स प्लस २ एमपी पोट्रेट लेन्स उपलब्ध गरिएको छ। त्यसैगरी, ओपो एफाइभ २०२०मा पनि कम्पनीले बहुउपयोगी क्वाड क्यामेरा सेटअप दिएको छ।

तर, यसमा भने १२ एमपी मुख्य क्यामेरा जडान गरिएको छ। यिनले प्रयोगकर्ताका हरेक सुटिङ एंगल्स तथा सिनेरियोको आवश्यकता अल्ट्रा नाइट मोड २।० र आर्टिस्टिक पोट्रेट स्टाइल्सको समग्र विकल्पका माध्यमबाट समाधान उपलब्ध गराउँछ।

एनाइन २०२० मा रहेको ४८ एमपी प्रमुख लेन्सले उच्च रेजोल्यूशनका साथमा तस्विरको स्पष्टतामा सुधार दिँदै विस्तृत र गुणस्तरीय तस्विर लिन सघाउँछ। ८ एमपी ११९ डिग्री अल्ट्रा वाइड एंगल लेन्सले तस्वीरको समायोजन र अभिव्यक्ति मार्फत विविधता दिनुका साथै साना स्थानमा समेत ठूला सट्स लिन सघाउँछ।

यसमा चारवटा क्यामेरा छन् । फरक आवस्यकतामा काम लाग्नेगरी चारवटा लेन्स राखिएको छ। मुख्य क्वाड क्यामेरासँगै ८ मेगापिक्सेलको अल्ट्रा वाइड लेन्स, २ मेगापिक्सेलको मोनो लेन्स, २ मेगापिक्सेलकै पोट्रेट लेन्स छन्। त्यस्तै ओपो ए फाइभ २०२० मा अल्ट्रा नाइटमोड लेन्स पनि हुने छ।

८ जिबी रोम र १२८ जिबी र्‍याम भएको एनाइन असोज १४ देखि नेपाली बजारमा उपलब्ध हुने छ। यसको मूल्य ३५ हजार रहेको छ।त्यस्तै ४ जिबी रोम र १२८ जिबी र्‍याम भएको एफाइभ आजबाट नेपाली बजारमा उपलब्ध हुने छ । साथै यसको मूल्य भने २७ हजार रहेको पनि कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?