चलचित्र ‘छक्का पन्जा २’ युट्युबमा (हेर्नुहोस् भिडियो)

काठमाडौं । दिपक राज गिरि र दीपाश्री निरौलाद्वारा निर्देशित चलचित्र ‘छक्का पन्जा २’ युट्युबमा सार्वजनिक भएको छ । २ वर्ष अगाडी रिलिज भएको चलचित्र ‘छक्का पन्जा २’ सोमबार साँझ सार्वजनिक भएको हो ।

सोमबार साँझ हाइलाइट्स नेपालले उक्त ‘छक्का पन्जा २’ युट्युबमा अपलोड गरेको हो । सोमबार साँझ अपलोड भएको चलचित्र ‘छक्का पन्जा २’ १८ घण्टामा ८ लाख २७ हजार भन्दा बढी पटक हेरिएको छ, भने ३ हजार ७ सय भन्दा बढी कमेन्ट गरिएको छ । भिडियोले २५ हजार लाइक पाएको छ भने ४ हजार ७ सय डीसलाइक प्राप्त गरेको छ ।

चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, प्रियंका कार्की जितु नेपाल, स्वस्तिमा खड्का,वर्षा राउत, स्वरुप पुरुष ढकाल, शिवहरि पौडेल लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

भिडियाे हेर्नुहाेस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?