बढ्यो सुन तथा चाँदीको मुल्य

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । सोमबार सुनको मुल्य तोलाको ७१ हजार ३ सय रुपैयाँ थियो । मंगलबार सय रुपैयाँले बृद्धि भइ छापावाल सुन  तोलामा ७१ हजार ४ सय रपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुन प्रतितोला ७१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर ८ सय ८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?